श्रीच्छा प्रधानले जितिन् ‘मिस नेपाल २०२३’ को उपाधी

उदयपुर । द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल २०२३ को उपाधी काठमाण्डौकी श्रीच्छा प्रधानले हासिल गरेकी हुन् । गोदावरीस्थित सनराइज सम्मेलन हलमा शनिबार आयोजना गरिएको मिस नेपाल २०२३ को ग्राण्ड फिनालेमा देशभरबाट २४ जनाले उपाधीको लागी प्रतिष्पर्धा गरेका थिए ।

ग्राण्ड फिनालेबाट उपाधीको ताज चुमेकी काठमाडौकी श्रीच्छालाई मिस नेपाल २०२२ कि बिजेता प्रियंकारानी जोशीले ताज पहिर्याइदिएकी थिइन् । त्यसैगरी प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधी हात पारेका छन् । फिनालेमा १२ अन्य विधामा पनि विजेता घोषणा गरिएको थियो ।

ग्राण्ड फिनालेको निर्णायकमा पत्रकार दिलभूषण पाठक, क्रिकेटर ज्ञानेन्द्र मल्ल, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, मिस नेपाल वर्ल्ड(२०२० नम्रता श्रेष्ठ, मिस नेपाल अर्थ–२०१७ रोजिना श्रेष्ठ, अब्सोल्युट एस्थेटिक क्लिनिककी निर्देशक सुरुजना श्रेष्ठ, अभिनेत्री आँचल शर्मा र महिला उद्यम व्यवसायी महासंघकी अध्यक्ष नीरु रायमाझी सहित १२ जना रहेका थिए ।

द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्ने मिस नेपाल २०२३ को बिजेताको उपाधी सहित श्रीच्छा फेस अफ द इयर र मिस डीएचआईको सबटाइटल समेत जितिन् भने मिस पपुलर च्वाइस प्रसिद्धी शाह, ऐश्वर्या श्रेष्ठ मिस फिटनेस क्विन र मिस इन्टलेक्चुअल, ग्रिष्मा अधिकारी मिस ग्ल्यामर, मिस कन्फिडेन्ट प्रज्ञा बज्राचार्य, मिस हेल्दी स्किन रायना मजगैयाँ, मिस मल्टिमिडिया सुहानी खड्का क्षेत्री, फेस अफ द इयर र मिस डीएचआई श्रीच्छा प्रधान, वुमन विथ द विंग्स उन्नती गुरुङ, मिस फोटोजेनिक कीर्तिक खड्का र मिस ब्यूटी विथ द पर्पस आयुष्मा बरालले हात पारेका छन् । श्रीच्छाले उपाधी चुमे पनि यसपटक मिस वर्ल्डमा प्रतिष्पर्धाको लागी उनि जान नपाउने भएकी छन् । उनको ठाउमा अघिल्लो मिस नेपाल प्रियंकारानी जोशीलाई मिस वर्ल्डमा पठाउने बताएको छ भने श्रीच्छाले आउने वर्ष मिस वर्ल्डमा सहभागी हुने मौका पाउनेछिन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *