उदयपुर। किशोरी किशोरीहरुको क्षमता अभिबृद्धि तथा उनिह्ररुमा रहेको प्रतिभा प्रस्फुटनका लागि आयोजना भएको फेश अफ उदयपुरको फाइनल यही जेष्ठ २७ गते आयोजना हुने भएको छ।
१६ देखी २५ वर्ष उमेर समुहका किशोर किशोरीहरुलाई लक्षित गरि विङ्गस इन्टरटेन्मेन्टको आयोजनामा मोतिगडा स्थित होटल दि एम्पायर इनमा फेश अफ उदयपुरको फाइनल प्रस्तुत हुने विङ्गसका निर्देशक तथा कलाकार एमजे मिथुनले बताएका छन् ।
३४ जना प्रतिस्पर्धिलाई पछि पार्द ७ जनाले फाइनलका लागि स्थान सुरक्षित गरेका छन् । हाल फाइनलका लागि क्रमश ः त्रियुगा नगरपालिकाबाट ३, चौदण्डीगढी नगरपालिकाबाट १, वेलका नगरपालिकाबाट २ र रौतामाई गाउँपालिकाबाट १ गरि ७ जनाले आफ्नो प्रस्तुति मार्फत ताजको लागि मैदानमा उत्रदैछन।
जैन विश्वविधालय बैङ्गलुरुको मुख्य प्रायोजना तथा टुर्वगको शिर्ष प्रायोजनामा चैत्र १० गते देखी संंचालन भएको यो प्रतियोगितामा सहभागिहरुलाई विभिन्न समसामायीक विषयमा प्रशिक्षण गराइएको थियो। फाईनलमा विजेता हुनेलाई ताजले सुसोभित गरिने साथमा नगद २५ हजार रुपैया, उच्च शिक्षाका लागि छात्रबृत्ति, दुर्घटना विमा लगायताका अन्य धेरै पु्रस्कार तथा अवसरहरु प्रदान गरेको आयोजकले बताएका छन् । साथै प्रतियोगितामा सहभागिहरुलाई विभिन्न विधाका अवार्डले पनि सम्मानित गरिने कार्यक्रम संयोजक पवन काफ्लेले बताएका छन्
या प्रतियोगिताको मुख्य उद्धेश्य नै अहिलेका युवाहरुलाई आफनो कला कौशल, प्रतिभा प्रस्फुटन गरि देश र समावमा आफ्नो अस्तित्व कायम गराउनु रहेको निर्देशक मिथुनले बताएका छन् ।