अल्काले जितिन फेश अफ उदयपुरको ताज

उदयपुर । विङ्स इन्टरटेन्मेन्टले आयोजना गरेको फेश अफ उदयपुर २०२३ को उपाधी गाईघाटकी अल्का विश्वकर्माले हासिल गरेकी हुन् । मोतिगडा स्थित होटल दि एम्पायर इनको सभा हलमा शनिबार आयोजना गरिएको फेश अफ उदयपुरको ग्राण्ड फिनालेमा जिल्लाका बिभिन्न पालिकाबाट अन्तिम ७ जनाले उपाधीको लागी प्रतिष्पर्धा गरेका थिए ।

ग्राण्ड फिनालेबाट उपाधीको ताज चुमेकी गाईघाटकी अल्कालाई विङ्स इन्टरटेन्मेन्टकि अध्यक्ष शान्ति ठाकुरले ताज पहिर्याइदिएकी थिइन् । त्यसैगरी गाईघाटकि स्नेहा शोनिले फस्ट रनर अप, चौदण्डिगढि नगरपालिकाकि सृस्टि कार्किले सेकेण्ड रनर अप, वेलका नगरपालिकाको किरण कार्कि थर्ड रनर अप र रौतामाई गाउपालिकालि सङिता विश्वकर्माले फोर्थ रनर अपको उपाधी हात पारेका छन् । फिनालेमा ७ जना अन्य विधामा पनि विजेता घोषणा गरिएको थियो ।

ग्राण्ड फिनालेको निर्णायकमा डाक्टर निर्मला चौधरि, सोम्स कलेजका निर्देशक तथा प्रोफेसर दिनेश दहाल, मिस थारु २०२१ लिभा थारु रहेका थिए ।

विङ्स इन्टरटेन्मेन्टले हरेक वर्ष आयोजना गर्ने मिस उदयपुरको चौथो संस्करणलाई फेश अफ उदयपुरको रुपमा प्रस्तुत गरेको बताएकाछन । २०२३ को बिजेताको उपाधी सहित अल्काले पब्लिक चोईस अवार्डको सबटाइटल समेत जितिन् भने भिवर्स चोईस र वेस्ट ड्रेसको अवार्ड स्नेहा शोनि,वेस्ट वाक अवार्ड शृस्टि कार्कि, पपुर र वेस्ट ट्यालेन्ट अवार्ड किरण कार्क, वेस्ट पर्फमर अवार्ड सङिता विश्वकर्मा, मोस्ट पन्चुअल गायत्रा विक र वेस्ट कन्फिडेन्ट हिमानि मगरले हात पारेका छन् ।
कार्यक्रमलाई जैन विश्वविधालय वैङ्लोर र टुवर्गले प्रायोजन गरेका थिए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *